logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एमालेबाट तिलोत्तमा मेयरका उम्मेदवार चापागाईंले त्यागे पत्रकार महासंघको सदस्यता

एमालेबाट तिलोत्तमा मेयरका उम्मेदवार चापागाईंले त्यागे पत्रकार महासंघको सदस्यता


197
SHARES

काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका मोहन चापागाईंले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन् ।

चापागाईं महासंघको पूर्वकेन्द्रीय सदस्य एवं रुपन्देही पूर्वअध्यक्ष हुन् ।

२०५१ सालदेखि रुपन्देहीलाई कार्यस्थल बनाइ पत्रकारिता गरिरहेका चापागाईंले प्रेस नोटमार्फत महासंघको सदस्यता त्यागेको बताएका छन् ।

‘पत्रकारिता पेशामा आवद्द भएको झण्डै ४ वर्षपछि २०५५ सालमा नेपाल पत्रकार महासंघको साधारण सदस्यता प्राप्त गरी पत्रकार महासङ्घ रुपदेहीको अघ्यक्ष र केन्द्रीय सदस्यको भूमिकामा रही काम गर्ने अवसर समेत प्राप्त गरेँ ।

हाल केही वर्षदेखि पत्रकारिता पेशामा सक्रिय नरहेपनि म यसबाट टाढा थिइनँ । तर, यसै परिस्थितिमा स्थानीय तहको निर्वाचनका लागि तिलोत्तमा नगरपालिका रुपन्देहीको नगर प्रमुख पदमा उम्मेदवारी दिएका कारण नेपाल पत्रकार महासंघको विधान तथा प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता समेतलाई ध्यानमा राखी आजैका मितिदेखि लागू हुनेगरी महासंघको साधारण सदस्यता त्यागेको जानकारीका लागि अनुरोध छ ।

उनले पत्रकारिता क्षेत्रको उन्नयन र रक्षाका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति सधै लडिरहने प्रतिबद्धतासमेत व्यक्त गर्छु ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij