logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
उहिले केशरजंग अहिले माधव–प्रचण्ड प्रतिगामीः ओली

उहिले केशरजंग अहिले माधव–प्रचण्ड प्रतिगामीः ओली


196
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताएका छन् ।

मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको बताएका हुन् ।

‘मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई हामीले झण्डै दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौ तर केही दुष्ट र स्वार्थीहरूले ध्वस्त बनाउने प्रयास गरे, अध्यक्ष ओलीले भने, तात्कालिक रूपमा उनीहरूले पार्टीलाई क्षति पुर्‍याए ।

अध्यक्ष ओलीले विगतमा पुष्पलाल र मनमोहनलाई पनि यस्तै षड्यन्त्रपूर्ण ढङ्गले हटाइएको प्रसङ्ग निकाल्दै रायमाझी पथमा माधव प्रचण्ड लागेको बताए ।

‘अहिले हेर्‍यो भने त्यही ०१७ सालको इतिहास दोहोर्‍याउन खोजेको देखिन्छ । अलिकति परिस्थिति फरक छ, त्यसको स्वरूप फरक छ, उनले भने, प्रतिगमन गर्दा खेरी दक्षिणपन्थी र वामपन्थी मिलेकै छन् ।

उनले त्यसवेलाको प्रतिगमनमा केशरजंग रायमाझी प्रतिगमनमा सहभागी रहेको र अहिले माधव प्रचण्ड रहेको दाबी गरे ।

‘त्यतिवेला केशरजंग रायमाझी सहभागी थिए, प्रतिगमनमा अहिले सहभागी प्रचण्ड माधव छन् । फरक के थियो भने त्यसबेला कम्युनिस्ट पार्टी कमजोर थियो’, ओलीको भनाइ छ ।

कार्यक्रममा ओलीले अधिकारी नेपालका कम्युनिस्टमध्ये सबैभन्दा पुरानो कम्युनिस्ट सदस्य भएको समेत बताए । मनमोहन अधिकारीलाई संस्थापक भनेका छैनौ तर उहाँ संस्थापक नै हो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij