logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
माओवादीलाई अगाडि सारेको भन्दै बुटवलमा १ सय ५ जनाले कांग्रेस छाडे

माओवादीलाई अगाडि सारेको भन्दै बुटवलमा १ सय ५ जनाले कांग्रेस छाडे


277
SHARES

काठमाडौं। गठबन्धनसँग असन्तुष्ट रहेका बुटवलका १ सय ५ जना कांग्रेसका युवाहरूले सामूहिक राजीनामा दिएका छन् ।

बुटवल कांग्रेसको बलियो संगठन रहे पनि माओवादीलाई अनावश्यक स्थान दिएको भन्दै यसरी राजीनामा दिएको उनीहरूको भनाइ छ ।

गठबन्धन गरेर मेयर आफै लिएको कांग्रेसले उपमेयर एकीकृत समाजवादीलाई दिएको छ ।

उपमहानगरपालिकाको वडा नं ३ का युवाहरूले वडाध्यक्ष माओवादीलाई दिएको भन्दै यसरी सामूहिक राजीनामा दिएका हुन् ।

यसअघि बुटवलकै मेयरको उम्मेदवारीका विषयमा असन्तुष्टि जनाउँदै क्षेत्रीय सभापति हरि लम्सालले कांग्रेसको साधारण सदस्य नरहने गरी राजीनामा दिएका छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij