logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख यादव राप्रपामा प्रवेश

जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख यादव राप्रपामा प्रवेश


301
SHARES

काठमाडौं । जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका थिए।

एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य समेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन्।

नेता यादवलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्यद्वय वसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, कोषाध्यक्ष राजेश ढकाल लगायतले पार्टीमा स्वागत गरेका हुन्।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij