logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
टिकट नपाएपछि वडाध्यक्षले एमाले छाडे

टिकट नपाएपछि वडाध्यक्षले एमाले छाडे


400
SHARES

काठमाडौं । सर्लाहीको हरिवन ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेलले नेकपा एमाले छाडेका छन्।

पार्टीले वडाध्यक्षको टिकट अर्को व्यक्तिलाई दिएपछि ढुंगेल एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागेका हुन्।

एमालेले हरिवन ८ मा विद्यार्थी नेता प्रज्वल ढुंगानालाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। पुनः वडाध्यक्षको टिकटको अपेक्षा गरिरहेका ढुंगेल त्यसप्रति रुष्ट छन्।

आफूलाई मेयर गणेश प्रसाईंले टिकट नदिन षड्यन्त्र गरेको आरोप उनले लगाएका छन्।

टिकट नपाएपछि असन्तुष्ट बनेका ढुंगेलले शनिबारै एकीकृत समाजवादीका नेता तथा मधेस प्रदेशका सांसद डिल्ली उप्रेतीलाई भेटेर आफूले एमाले छाडेको जानकारी गराएका एक नेताले जानकारी दिए।

०७४ मा उप्रेतीकै प्रस्तावमा वडाध्यक्ष बनेका ढुंगेलले पार्टी विभाजन हुँदा भने उप्रेतीको साथ छाडेका थिए।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij