logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
मञ्जु गुरुङले गरिन् उपमेयरको उम्मेदवार अस्विकार

मञ्जु गुरुङले गरिन् उपमेयरको उम्मेदवार अस्विकार


266
SHARES

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पोखरा महानगरपलिकाको उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो उम्मेदवारी अस्विकार गरेकी छिन् । पार्टीले आफूलाई उपमेयर पदको उम्मेद्वार बनाएकोमा उनले आश्चर्य प्रकट गरेकी छिन् ।

आफूले मेयर र उपमेयर कुनैपनि पदमा दाबी नगरेको र आफूसंग कुनैपनि सल्लाह नगरिकन नेताहरुले के कारण यस्तो निर्णय गरे भन्ने नै आफूलाई जानकारी नरहेको उनले प्रतिक्रिया दिइन् । उपमेयरको पद आफूलाई स्विकार्य नरहेको गुरुङले प्रष्टोक्ति दिएकी छन् ।

आफुले नमागेको कुरा नसोधी किन दिइएको हो भनेर उनले पार्टी नेतृत्वलाई प्रश्न समेत गरेकी छन् । ‘मैले मागेको भए अहिले तिमिलाई यो भयो भनेर चित्त बुझाउनु हुन्थ्यो । तर, मैले न मेयरमा आकांक्षा राखेको छु । न उपमेयरमा आकांक्षा राखेको छु । मलाई सोध्दै नसोधी र जानकारी नै नदिई किन मेरो नाम उपमेयरका लागि निर्णय गरियो रु मेरालागि यो स्विकार्य छैन । नेताहरुले अहिलेसम्म मलाई केही बताउनुभएको छैन । म उहाँहरुलाई सोध्दैछु ।’

केन्द्रीय सदस्य र हालको महानगरको उपमेयरलाई तल राखेर मेयरमा प्रदेश सचिवालय सदस्य रहेको दिपक पौडेललाई मेयरको उम्मेद्वार बनाउने निर्णयप्रति पोखरामा एमालेका नेता कार्यकर्तासमेत असन्तुष्ट देखिएका छन् ।

एमाले कास्कीका एक नेताले भने, ‘बहालवाला उपमेयर र पार्टी केन्द्रीय सदस्यलाई प्रदेश कमिटि सदस्यको मुनी राखेर उम्मेद्वार बनाइनुले उहाँलाई अपमानित फिल गराएको हुनुपर्छ । पार्टीले के सोचेर यस्तो निर्णय गर्‍यो म आफैपनि अचम्मित छु ।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij