logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
उपेन्द्र यादवका छोराले टिकट पाउने भएपछि उमेश यादवले छाडे जसपा

उपेन्द्र यादवका छोराले टिकट पाउने भएपछि उमेश यादवले छाडे जसपा


1.9K
SHARES

काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिका मेयरका प्रत्यासी उमेश यादवले जनता समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

शनिवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

जसपा एक्लै बलियो भएको ठाउँमा मेयर अरूलाई दिएर गठबन्धन गरेकाले पार्टी परित्याग गरेको उनले बताएका छन् ।

विराटनगर महानगरपालिकामा गठबन्धन हुँदा मेयरमा कांग्रेस र उपमेयरमा जसपालाई दिने सहमति भएको थियो । गठबन्धन गर्ने केन्द्रले निर्णय गरेपछि उनले त्यसको विरोध गरेका थिए ।

‘विराटनगरमा महानगरपालिकामा हामी एक्लै लड्दा पनि जित्ने अवस्थामा थियौँ,’ उनले भने, ‘कांग्रेसबाहेकका अन्य दलसँग गठबन्धन गरेको भए जित्ने पक्का थियो ।’

उनले स्वतन्त्रबाट मेयरमा उठ्नेसमेत बताएका छन् । जसपा महानगर कमिटीले भने उपमेयरमा उनको नाम समेत सिफारिस गरेको थियो । यादवले भने उपमेयरमा नउठ्ने बताएका थिए ।

उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उपमेयरको उम्मेदवार हुने निश्चित भएपछि उनले पार्टी परित्याग गरेको जसपाका एक नेताले बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij