logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एमाले जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने, सार्वजनिक सम्पत्ति दोहन गर्नेलाई कठघरामा उभ्याइने

एमाले जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने, सार्वजनिक सम्पत्ति दोहन गर्नेलाई कठघरामा उभ्याइने


509
SHARES

काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा भ्रष्टाचार नगर्ने र हुन नदिने घोषणा गरेको छ। शुक्रबार घोषणापत्र सार्वजनिक गर्दै घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले एमालेका जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने घोषणा गरे। यो कुरा घोषणापत्रमा उल्लेख गरिएको छ।

त्यसैगरी सार्वजनिक सम्पत्ति दोहनलाई गर्नेलाई एमालेबाट निर्वाचित जनप्रतिनिधिले कठघरामा उभ्याउने घोषणापत्रमा उल्लेख छ।

‘हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुन्। सामाजिक जागरण र अभियानका बाहक हुन्। सुशासनको नमूना केन्द्र, सदाचारमा दृष्टान्त बनाउनुपर्छ,’ पोखरेलले घोषणापत्र समारोहमा भने, ‘हाम्रा प्रतिनिधिले भ्रष्टाचार गर्ने छैनन्। भ्रष्टाचार गर्न दिनेछैनन्। अनियमितता र सार्वजनिक सम्पत्ति दोहन गर्नेलाई कारवाही गर्न अग्रणी भूमिका खेल्नेछन्।’

त्यसैगरी घोषणापत्रमा अब गुणवान र सक्षम नागरिक उत्पादन गर्नुपर्ने, सामुदायिक शिक्षालाई गुणस्तरीय, जीवनपयोगी र सीपयुक्त बनाउनुपर्ने उल्लेख छ। ‘स्वास्थ्य पूर्वाधार, जनशक्ति, निरोगी नेपाल स्वस्थ नेपाली निर्माणमा जोड दिनुपर्छ। आधुनिक उर्जा सिँचाइ कृषिमा जोड दिनुपर्छ,’ पोखरेलले भने।

पोखरेलले मुलुकको अग्रगतिको यात्रामा बाधक बनेर खडा भएको गठबन्धनबाट राज्यले मुक्ति खोजेको जिकिर गरे। ‘यो जति रहन्छ संकट व्यहोर्नुपर्छ। राष्ट्रिय रजनीतिलाई सही बाटोमा फर्काउन यस निर्वाचनमा एमालेले जित्नुपर्छ।

विगतमा गरेका कामहरुको उचाईमा उभिएर परिवर्तन गर्नुपर्ने कुरामा हामीले जोड दिएका छौं। गठबन्धनको सरकार जतिसक्दो चाँडो ढालेर अगाडि बढ्न चाहन्छौं। त्यसका लागि सूर्य चिन्हका उम्मेदवार जित्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij