logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कांग्रेसमा विद्रोहः जनकपुर उपमहानगर सभापतिसहित वडा सभापतिहरूले सामूहिक पार्टी परित्याग गर्दै

कांग्रेसमा विद्रोहः जनकपुर उपमहानगर सभापतिसहित वडा सभापतिहरूले सामूहिक पार्टी परित्याग गर्दै


558
SHARES

काठमाडौं । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टीबाट राजीनामा दिने तयारी गरेका छन् ।

जनकपुरधाम उपमहानगरमा मेयर जनता समाजवादी पार्टीलाई दिने सत्ता गठबन्धनको सहमति भएपछि असन्तुष्ट बनेका साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

साहले आज पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस परित्याग गर्ने तयारी भएको बताएका छन् ।

नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घण्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुने समेत भनेका थियौं, साहले लोकान्तरसँग भने, तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गर्दैछौं ।

स्वतन्त्र भएर उम्मेदवारी दिने उनले खुलाए । उनीसँगै वडा सभापतिहरूले पनि राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij