logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
बाँकेमा जसपाले सत्ता गठबन्धनको निर्णय नमान्ने

बाँकेमा जसपाले सत्ता गठबन्धनको निर्णय नमान्ने


242
SHARES

काठमाडौं । सत्ता गठबन्धनको भागबन्डामा नेपालगञ्ज उपमहानगरको नेतृत्वबाट जनता समाजवादी पार्टी बाहिरिएपछि जिल्लास्तरबाटै गठबन्धनको निर्णयलाई लत्याउँदै उम्मेदवारी दिने संकेत देखिएको छ ।

बाँकेका चार स्थानीय तहमा कुनै पनि हालतमा गठबन्धन नगर्ने निर्णयमा पुगेर केन्द्रलाई पत्राचार गरेको जनता समाजवादी पार्टीले केन्द्रले कार्यकर्ताको भावनाविपरीत गरेको गठबन्धन नमान्ने संकेत दिएको छ ।

पार्टी बाँके अध्यक्षसमेत रहेका नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका आकांक्षी कमरुद्दिन राईले केन्द्रको गठबन्धनको निर्णय स्वीकार गर्न नसकिने अवस्थामा रहेको बताए ।

उनले भने, हामी अहिले बैठकमा छौं । कार्यकर्ताको चौतर्फी दबाबमा छौं । लगभग केन्द्रले लादेको गठबन्धनको निर्णय नमान्ने अवस्था नजिक पुगेका छौ, केही बेरमा निर्णय आउँछ ।

पार्टीले बाँकेका चार पालिकामा गठबन्धन नगर्ने भनी केन्द्रलाई पठाएको जिल्लाको निर्णयलाई केन्द्रले बेवास्ता गरेर अपमान गरेको उनको ठम्याइँ छ ।

उनले केन्द्रको निर्णय मान्न नसकिने स्पष्ट पार्दै भने, जिल्लाको वस्तुस्थिति नबुझेर केन्द्रका नेताले मनोमानी ढंगले गरेको निर्णय स्विकार्न सकिँदैन ।

गठबन्धनको निर्णयपछि पार्टीका नेता तथा कार्यकर्ताहरूको तीव्र आक्रोश देखिएको छ ।

सो निर्णय नमान्ने दबाब जसपा नेतृत्वलाई रहेकाले पनि गठबन्धनको निर्णय मान्न नसकिने जसपा निकट उच्च स्रोतले जानकारी दियो ।

जसपा उच्च स्रोतका अनुसार बाँकेका चार पालिकामा फरक निर्वाचन चिन्ह लिएर भए पनि प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij