logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
गाउँपालिका अध्यक्ष यादव जसपा छाडेर कांग्रेसमा प्रवेश

गाउँपालिका अध्यक्ष यादव जसपा छाडेर कांग्रेसमा प्रवेश


205
SHARES

काठमाडौं। सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी (जसपा) छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार कांग्रेसको राजविराजस्थित कार्यालयमा आएर उनी कांग्रेस प्रवेश गरेका हुन् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध थिए । उनी जसपाका प्रदेश समिति सदस्य थिए ।

यादवलाई कांग्रेस केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले पार्टी प्रवेश गराए ।

कार्यक्रममा महादेवा गाउँपालिका ३ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाअध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुदर्शन सिंह पनि कांग्रेसमा प्रवेश गरेको जिल्ला उपसभापति रामकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij