दैनिक न्युज नेपाल
काठमाडौं । निर्वाचन आयोगले हालसम्म ९५ लाख २५ हजार थान मतपत्र छापी सकिएको जनाएको छ ।
आयोगले सोमबार पत्रकार सम्मेलनमार्फत् मतपत्र छाप्ने कार्य तीव्ररुपमा अघि बढेको जनाएको हो ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले एक करोड ९४ लाख मतपत्रमध्ये ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छापिएको बताए।
यस्तै, निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै दलका प्रतिनिधिविरुद्ध आयोगमा प्राप्त उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढेको पनि उनले जानकारी दिए।
आयोगका प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्राप्त उजुरीको चित्त बुझ्दो जबाफ मागेको उनले बताए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij