दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा (एमाले) ले तुलसीलाल अमात्य प्रतिष्ठानसँग मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी मुख्यालय राख्ने सम्झौता गरेको छ।
ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य प्रतिष्ठानमा एमालेले वैशाख ९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय राख्दैछ। एमालेले पार्टी स्थापना दिवसको कार्यक्रम च्यासलमै गर्ने तयारी गरेको हो।
पार्टी कार्यालयका सामानहरू सार्ने काम अन्तिम चरणमा पुगेको एमाले प्रचार(प्रसार विभागका उपप्रमुख विष्णु रिजालले सेतोपाटीलाई बताए।
थापाथलीस्थित कार्यालय साँघुरो भएपछि एमालेले पार्टी मुख्यालय सार्न लागेको हो। प्रतिष्ठानको च्यासलमा प्रशस्त ठाउँ छ। प्रतिष्ठानको कार्यालय भने भवन नजिकैको खाली ठाउँमा बनाइँदैछ।
एमालेले ५ वर्षका लागि भवन भाडामा लिन लागेको हो। भवनमा बनेका संरचना ५ वर्षपछि प्रतिष्ठानकै हुनेछन्।
तुलसी लाल प्रतिष्ठान स्वायत्त संस्था भएपनि त्यसको सञ्चालन एमालेकै नेताहरुको नेतृत्वमा हुन्छ।
प्रतिष्ठानको अध्यक्ष एमाले नेता एवम् पुर्व मन्त्री गोपाल शाक्य छन्।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij