logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
७ स्थानीय तहमा प्रमुख र ६ उपप्रमुख दाबी गर्ने राष्ट्रिय जनमोर्चाको तयारी

७ स्थानीय तहमा प्रमुख र ६ उपप्रमुख दाबी गर्ने राष्ट्रिय जनमोर्चाको तयारी


267
SHARES

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले तीन जिल्लाका ७ स्थानीय तह प्रमुख र ६ उपप्रमुख दाबी गर्ने तयारी गरेको छ।

उक्त पार्टीले प्यूठानका तीन स्थानीय तह प्रमुखरउपप्रमुख, बागलुङका तीन प्रमुख र दुई उपप्रमुख र अर्घाखाँचीमा एक प्रमुख र एक उपप्रमुख दाबी गर्ने तयारी गरेको हो ।

त्यस्तै जनमोर्चाले प्यूठानका झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकामा अध्यक्ष र र उपाध्यक्ष जितेकाले दुबैमा आफ्नो दाबी नछोड्ने भएको छ भने स्वर्गद्वारी नगरपालिकाको मेयरमा दाबी गरिने जनमोर्चा निकट अखिल छैठौका पूर्व अध्यक्ष बिमल पोखरेलले बताए ।

त्यस नगरपालिकामा जनमोर्चा मुख्य प्रतिस्पर्धी भएकाले मेयरको दाबी नछोड्ने उनले बताए । परिस्थिति हेरेर कुनै स्थानीयतहमा एक उपप्रमुख दाबी गर्ने जनमोर्चाको योजना छ ।

सो पार्टीले प्युठानमा कुल तीन प्रमुख र तीन उपप्रमुख मात्रै दाबी गर्ने भएको छ । प्युठानमा कुल ९ स्थानीय तह छन् ।

यस्तै बाग्लुङमा तीन प्रमुख र दुइ उपप्रमुख दाबी गर्ने जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले बताए । ढोरपाटन र जैमुनी नगरपालिकामा मेयर र बरेङ गाउँपालिकामा अध्यक्ष दाबी भएको पोखरेलले बताए ।

रेङ गाउँपालिका उपाध्यक्षसहित कुनै एक स्थानीय तहमा उपाध्यक्षको दाबी रहेको समेत उनले बताए । यसअघि जनमोर्चाले बाग्लुङको बरेन गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो ।

हामीले तीन प्रमुख र दुइ उपप्रमुख दाबी गरेका छौं । प्रमुखमा तलमाथि हुँदैन पोखरेलले भने, उपप्रमुखमा एक लिएर अरु जिल्ला समन्वय समिति लिनेगरी सहमति गर्न सक्छौ । बाग्लुङमा १० स्थानीय तह छन् ।

यस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मेयर र सन्धिखर्क नगरपालिकाको उपमेयर दाबी गर्ने जनमोर्चाको तयारी छ ।

तीन जिल्लाबाहेक अरु कुनै जिल्लामा प्रमुखउपप्रमुख दाबी नगर्ने पोखरेलले बताए । तर, वडामा भने जनमोर्चाले दाबी गर्ने उनले बताए ।

जनमोर्चाले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल नै नगर्ने नीति लिएको छ । जतिसुकै बेमेल भएपनि सत्ता गठबन्धनभित्रका दलसँग मात्रै चुनावी तालमेल गर्ने नीति सो पार्टीले लिएको छ ।

यदि सत्ता गठबन्धनभित्र तालमेलमा सहमति नभए एकल रुपमा भिड्ने तयारी जनमोर्चाले गरेको छ ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij