logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
विदेशीको विचार बोक्ने पार्टीहरुले देशको रक्षा गर्न सक्दैनन्ः रेखा थापा

विदेशीको विचार बोक्ने पार्टीहरुले देशको रक्षा गर्न सक्दैनन्ः रेखा थापा


1K
SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता तथा नायिका रेखा थापाले राप्रपाबाहेक सबै दल विदेशीको दलाल भएको आरोप लगाएकी छन्।

मंगलबार वीरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले अरु दलहरुले देश बेचेर खाइसकेको हुँदा उनीहरुको फन्दामा नपर्न जनतालाई आग्रह गरिन्।

विदेशीसामु लम्पसार पर्ने त्यस्ता दलहरुलाई जनताले अझै किन विश्वास गरिरहेका छन् भन्ने आफूले बुझ्न नसकेको उनको भनाइ थियो।

‘यिनीहरु सबै विदेशी दलालहरु हुन्, मैले भन्नु पर्दा। हुन त यो भाषा एकदमै असभ्य लाग्ला,’ अन्य दलहरुप्रति लक्षित गर्दै उनले भनिन्, ‘तर मैले देख्दा विदेशीसँग लम्पसार पर्ने यी दलहरुप्रति तपाईंहरु किन विश्वास गर्नुहुन्छरु नेपाली जनता किन विश्वास गर्‍या छन् मैले बुझ्या छैन।’

विदेशीको विचार बोकेर हिँड्ने पार्टीहरुले देशको रक्षा गर्न नसक्ने थापाको भनाइ थियो। राप्रपा देशको मौलिक पार्टी भएकोले आफूले राप्रपा रोजेको उनले बताइन्।

धेरै दलहरुले मधेसका जनतालाई झुक्याएको उनको भनाइ थियो। देशलाई स्वीट्जरल्याण्ड, सिंगापुर बनाउँछु भन्नेहरुले अहिले आफूलाई भोट नदिए देश श्रीलंका हुन्छ भनेर धम्क्याइरहेको थापाले बताइन्।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij