logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
स्थानीय तहको प्रमुख पदमा महिला सहभागिता कम हुन दिन्नौंः वर्षमान पुन

स्थानीय तहको प्रमुख पदमा महिला सहभागिता कम हुन दिन्नौंः वर्षमान पुन


229
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चुनावी तालमेलका कारण स्थानीय तहका प्रमुख पदमा महिला सहभागिता कम हुन नदिने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा महिला अधिकारकर्मीसँगको छलफलमा हुने महिला सहभागिता कम हुन नदिने विषयमा आफूहरु सचेत रहेको बताए ।

‘गठबन्धन गर्दा एउटा पार्टीको एक मात्र उम्मेदवार हुने अवस्थामा सबैतिर पुरुष आउने हो कि भन्ने चिन्ता छ, उनले भने, त्यसलाई हामी ब्यालेन्स गर्छौं, म आफैं गठबन्धनको संयन्त्रमा छु । गठबन्धनका कारणले महिला सहभागिता कम हुन दिँदैनौं ।

उनले स्थानीय तह निर्वाचनमा हाल नगरपालिकाका उपमेयर र गाउँपालिका उपाध्यक्ष रहेका महिलालाई मेयर र अध्यक्षको उम्मेदवारमा प्राथमिकता दिने पनि बताए ।

माओवादी केन्द्रका तथा केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेका उनले संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला अनिवार्य गरेको भन्दै आफ्नो दलले त्यसलाई बढाएर कम्तीमा ३५ प्रतिशत सुनिश्चित गर्ने नीति लिएको जनाए ।

पुनले राजनीतिक र प्रशासनिक नेतृत्वमा जनसंख्याका आधारमा महिला सहभागिता गराउनुपर्ने आफ्नो पार्टी धारणा रहेको पनि बताए ।

उनले संविधानले ग्यारेण्टी गरेको ३३ प्रतिशतमा महिला र पुरुषबीच नभई महिला महिलाबीच प्रतिस्पर्धा गराउन सके परिणाम राम्रो आउने बताए ।

३३ प्रतिशत ठाउँमा महिलामहिलाबीच मात्र प्रतिस्पर्धा गराउन सकिए जो आए पनि अब्बल महिला आउँथ्यो, नेता पुनले भने ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij