दैनिक न्युज नेपाल
काठमाडौं । केही दिन अघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका हेमविक्रम सिलवालले अबको युग राष्ट्रिय प्रजातन्त्र पार्टीको युग हुने दाबी गरेका छन् ।
जनतामा जनविश्वास जागेकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक चोटी सबैले भोट हाल्न आग्रह समेत गरेका छन् ।
आफुले उठाको एजेण्डा र राप्रपाले उठाको एजेण्डा एउटै भएको र विश्वास दिलाएकोले गर्दा आफु राप्रपामा प्रवेश गरेका बताए ।
उनले भने– ‘अबको युग नेपालमा चाहि राष्ट्रिय प्रजातन्त्र पार्टीको युग हो । अब किन भने कांग्रेस हेरे मान्छेले, कम्युनिष्ट हेरे मान्छेले, अब एक चोटी राष्ट्रिय प्रजातन्त्र पार्टीको राजेन्द्र लिङनलाई हेर्ने भन्ने जनताको जनलहर छ । र हेर्नु पनि पर्छ, ‘त्यो भाको कारणले गर्दा खेरी अबको युग राष्ट्रिय प्रजातन्त्र पार्टीको युग हो ।
नेपालमा त्यो भाको कारणले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक चाटी हेरौ, एक चोटी हलोमा भोट हालौ भन्ने जनतामा एउटा जनविश्वास जागेको छ ।
मलाई चाही एउटा कुरो के भन्दा खेरी ठिक छ, मैले भने संविधानलाई नयाँ तरिकाले परिर्माजन गर्न सकिने भनेर उहाँले मलाई विश्वास दिलाउँनु सक्नु भो त्यो भएको र कारणले गर्दा खेरी मैले उठाको एजेण्डा पनि वैद्धिक सनातन हिन्दु अधिराज्य हो ।
अनिर्वाचित सार्वभौम राजसंस्थालाई पुनःस्थापना गरौं । यो मुलुक भनेको बडामहाराज धिराज पृथ्वीनारायण साहको नेतृत्वमा बनेको हो ।
त्यो भएको कारणले गर्दा खेरी बडामहाराज धिराज पृथ्वीनारायण साहको नेतृत्वमा बन्यो १९०३ मा जंगबहादुर त्यत्रो कत्लेआम गर्यो माथबर सिंहको हत्या गर्यो, बस्नेतको हत्या गर्यो खड्कालाई काट्यो तर श्री पाँचलाई उनले खोपामा राख्यो किन भने जंगबहादुरले पढेको थिएन भने १०४ वर्ष जाननी राज शासन चल्यो तर राजालाई संवैधानीकरुपमा खोपामा राख्यो, भने पछाडी जंगबहादुरले त्यतीखेरै फाल्न सक्थो नि १ त्यो भाको कारणले हामीले २१ औं शताब्दीमा जस्तै बेलायतको उदाहारण दिउ ।
बेलायतले पनि राजसंस्था बिहिन प्रजातन्त्र अभ्यास गरेकै हो । लोकतान्त्रीक अभ्यास गर्यो तर बेलायतको सकारमा के आफ्नो अधिप्रतित्व र आफ्नो समृद्धि वर्चस्व रहनको लागि अब संसारले केलाई हेरेको र छ त भन्दा त बेलायतको राजसंस्थालाई भनेपछि बेलायमा ११ वर्ष पछि राज संस्था पुनःस्थापना भयो ।
त्यस्तै हामीले के भन्यो भने नेपालमा राष्ट्रि आफैमा राष्ट्रिपति प्रणाली नराम्रो भनेकै होईन हामीले नेपाल जस्तो देशमा चाही यो सुहाएन ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij