logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
प्रचण्डका साढुभाइ एमालेमा प्रवेश

प्रचण्डका साढुभाइ एमालेमा प्रवेश


5.1K
SHARES

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डका साढुभाइसमेत रहेका नेकपा माओवादी केन्द्र चितवनका नेता खेम भट्ट नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

आइतबार भरतपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन्। भट्ट दम्पतीलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले स्वागत गरेका छन्।

उनी माओवादी केन्द्र चितवनका जिल्ला सदस्य थिए। त्यस्दै बागमती प्रदेश प्रतिनिधि र भरतपुर महानगरपालिका वडा नम्वर ३ का इन्चार्जको भूमिकामा पनि थिए।

भरतपुरको पटिहानीका भट्ट २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन्।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij