logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
तीनै तहको निर्वाचनमा गठबन्धन कायमै राखेर जानुको विकल्प छैनः प्रकाशमान सिंह

तीनै तहको निर्वाचनमा गठबन्धन कायमै राखेर जानुको विकल्प छैनः प्रकाशमान सिंह


445
SHARES

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीनवटै तहको निर्वाचनमा पाँचदलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन् ।

संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढ्नुपर्ने कांग्रेस नेता सिंहको भनाइ छ ।

शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता पनि औंल्याए ।

निर्वाचनमा जाँदा कम्युनिस्टहरुले मौका पाउँदाखेरि त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहको बताए ।

कांग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको पनि बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij