दैनिक न्युज नेपाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विवाहमा दुलही लिएर फर्किदा पनि साईकल चढेरै फर्किएको बताएका छन् ।
आफु ‘हाइस्कुल’ पढ्दा साइक्लिङ्गमा चितवान ‘टप’ गरेको स्मरण समेत गरे । एक महिना अघिसम्म बिहान र बेलुका घरको आगनमा साईकल घुमाई राख्ने गरेको बताए ।
उनले आज चितवनमा भएको प्रज्ञा स्मृति साइक्लिङ्ग म्याराथन–२०२२ को समापन कार्यक्रममा बोल्दै आफ्नो जिवनको रमाईलो प्रशंग सुनाएका हुन् ।
उनले भने– ‘मेरो विवाह हुदाँ पनि दुलही लिएर फर्किदा, म साईकल चढेरै फर्किएको हो ।’ दाउरा काट्न गयो भने, हाल्ने साईकल भित्रै चाहि अढ्याएर दाउरा काटेर ल्याउने पनि साईकल नै हो । घास काट्न भने, घासका भारी पनि साईकलमै लादेर ल्याउने हो । र रहेक काममा साईकल प्रयोग हुने । यातायातको साधनको रुपमा त भइहाल्यो । त्यस कारण यो बहुआयामिक चितवान जिल्लामा साईकल । त्यस कारण चितवात जिल्लामै साइक्लिङ्ग म्याराथन आयोजना हुनु अर्को एउटा महात्वपूर्ण र अर्थपूर्ण कुरा हो भन्ने मलाई लाग्छ ।
उनले थपे– ‘ अझ भन्ने हो भने, साईकलमा त म कहिले काही चितवान ‘टप’ पनि भएको छु, ‘हाइस्कुल’मा पढ्दा, साईकलमा सबैलाई जित्थे मैले । अनि हात छोडेर चलाउनेमा त म एक नम्बर नै थिए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij