logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
आज हामीले भिक मागेर यो देश चलाउनु पर्ने अवस्था आएको छः विक्रम पाण्डे

आज हामीले भिक मागेर यो देश चलाउनु पर्ने अवस्था आएको छः विक्रम पाण्डे


1.3K
SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले आज भिक मागरे यो देश चलाउनु पर्ने अवस्था आएको बताएका छन् ।

विश्वको सुन्दर देशलाई करौडोको मुल्यमा फालिएको टिप्पणी समेत गरेका छन् । उनले आज राष्ट्रिय प्रजातन्त्र पार्टीले खुल्ला मञ्चमा गरेको आमसभामा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले भने– ‘आज हामीले भिक मागेर यो देश चलाउनु पर्ने अवस्था आएको छ । आज हामी पाँच लिटर तेल भर्नको लागि घण्टौ लाईनमा बस्नु पर्ने अवस्था आएको छ ।

यो हरेक दिनको महङ्गीले नेपाली जनताले अगाडी बढ्न नस्ने आफ्नो परिवार पाल्न नसक्ने अवस्था आएको छ । र यस्तो अवस्थामा हामी अब कतै पनि नअलमलिकन सधै तपाईहरुले हाल्दै आएको पार्टीका नेताहरुलाई भोट हाल्दा मेरो के अनुरोध छ भन्दा खेरी तपाईहरु थाहा पाईसक्नु भएको छ ।

आगमी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई र राष्ट्रवादी पार्टीहरुलाई र यस्तो राष्ट्रवादी व्यक्तिहरुलाई तपाईहरुले सहयोग गर्नुपर्छ । ती व्यक्ति भनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका व्यक्तिहरु हुन र अब हामी यो देशमा अन्य पार्टीबाट यो देशको संरक्षण र प्रवधन हुन सकेन यो देशको विकास हुन सकेन ।

यो देशका युवाहरुलाई विदेश जानबाट रोक्न सकिएन र आज यो देशमा पौरख गरेर खान सक्ने युवाहरु विदेशमा गएर काम गरिरहेका छन् । योगदान दिइरहेका छन् । यो युवा नभएको देश सम्पत्ति नभएको देश यो देशलाई खोक्रो बनाइएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij