logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
‘प्रचण्डको छोरी रेनु होइन रेनुको बुवा प्रचण्ड’

‘प्रचण्डको छोरी रेनु होइन रेनुको बुवा प्रचण्ड’


581
SHARES

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भरतपुर महानगरपालिका मेयर रेनु दाहाल प्रचण्डको मात्रै छोरी नभएको बताएका छन् ।

चितवनको भरतपुरमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले रेनु प्रचण्डको छोरी नभएर रनुको बुवा प्रचण्ड भएर चिन्न थालिएको बताए । २०७४ सालमा रेनु आउँदा सबैले प्रचण्डको छोरी आइ भन्ने गर्थे ।

यद्यती रनुको आफ्नै त्याग,तपस्या थियोे। रोल्पा रुकुमका जिल्लादेखि भारतका विभिन्न सहरमा भूमिगत रुपमा काम गरेका आफ्नै अनुभव थिए’ प्रचण्डले भने, ‘मलाई खुसी छ ।

प्रचण्डको छोरी होइन रनुको बुवा प्रचण्ड भएको छ। महिलाहरुले चाहे भने धेरै गर्न सक्छन भन्ने पुष्टी भएको छ।’ महिलाले आट गरेमा गर्न सक्छन भन्ने भूमी मन्त्री सशी श्रेष्ठदेखि उर्जा मन्त्री पम्फा भुसालले पुष्टी गरेको प्रचण्डले दाबी गरे ।

महिलाले अग्रसरता लिँदा इमान्दारीता, लगसिलता सुशासन तुलनात्मक रुपमा बढी देखियो । त्यहीँ भएर बढी भन्दा बढी पालिका मेयर उपमेयर बनाउन सोचेको छु’ प्रचण्डले भने, ‘एक पटक मलाई इच्छा महिलालाई अलि बढी नै जिम्मेवारी दिएर हेरौं न भन्ने छ । प्रचण्डको भनाई छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij