logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुन्छः शेखर कोइराला

केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुन्छः शेखर कोइराला


197
SHARES

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् ।

पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने उनले बताएका हुन् ।

केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ।

फरक प्रसङ्गमा पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय सही भएको उनको भनाइ छ ।

उनले भने, ‘संयन्त्र बनाउने कुरा सामान्य हो ।’ सत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको थियो ।

नेता कोइरालाले सभापतिले भागबण्डाको राजनीति गर्न नहुने र न्यायोचित ढङ्गले पार्टी चलाउनु पर्ने माग गरे ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij