logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
ओली र माधबको मध्यान्ह १२ बजे जम्काभेट !

ओली र माधबको मध्यान्ह १२ बजे जम्काभेट !


5.5K
SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज दिउँसो मध्यान्ह १२ बजे जम्काभेट भएको छ । काठमाडौंको आन्तरिक विमानस्थलको अति विशिष्ट कक्षमाउनीहरुबीच भेट भएको हो ।

काठमाडौंबाट सिमरा जाने क्रममा ओली आन्तरिक विमानस्थलको भीआईपी कक्षमा आराम गरिरहेको बेला भैरहवा जान क्रममा विमानस्थल पुगेका नेपाल पनि त्यही कक्षमा छिरेपछि उनीहरुबीच जम्काभेट भएको हो ।

दुवै जनाको आँखा जुधेपछि बसिरहेएका एमाले अध्यक्षलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले ‘के छ ?’ भनेर सोधेका थिए।

उक्त अवसरमा त्यहीँ रहेका एक जनाले अवस्थाको वर्णन गर्दै ओलीको जवाफ उद्धृत गरेर भने, ‘अँ ठीक छ।’ त्यसपछि चुपचाप बस्दै ओलीले पत्रिका पढ्न थाले। माधव नेपाल भने अलि परको सोफामा बसे।

माधव नेपाल सोफामा बस्दा नबस्दै भैरहवा उडानको तयारी भएपछि उनी निस्केर विमान चढ्न निस्कए। सिमरा जाने उडानको तयारी नभएकाले ओली केही बेर त्यहिँ बसेका थिए।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij