दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विरोध गर्ने नेपाली कांग्रेसका नेतालाई ‘हिम्मत भए एक्लै चुनाव लडेर जित्न’ चेतावनी दिएका छन्।
सोमबार विराटनगर पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो चेतावनी दिए।
एक्लै जित्ने दम्भमा गठबन्धनको विरोध नगर्न उनले आग्रह गरे। अध्यक्ष नेपालले गठबन्धनको विषयमा कांग्रेसभित्र दुई धार देखिएको भन्दै असन्तुष्टि प्रकट गरे।
‘‘स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने कुरामा कांग्रेसभित्र प्रस्टसँग दुई धार देखियो, गठबन्धनको विपक्षमा रहेका कांग्रेसका साथीहरूलाई एक्लै चुनाव जितेर देखाउन म चुनौती दिन्छु’’ उनले भने।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हराउन पाँच दलीय गठबन्धन तालमेल गरेर जान लागेको उनको भनाइ थियो।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij