दैनिक न्युज नेपाल
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका पूर्व जिल्ला सहसचिव मोहम्मद शफिक गदी सहितका एक दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा नवआगन्तुकलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्षले आफू एकपटक जगरनाथपुर आउने बचन पनि दिनुभयो । उहाँले हिमाल, पहाड, मधेस/तराई सबैतिर माओवादी केन्द्रको पक्षमा लहर आएको बताउनुहुँदै माओवादी नै पहिचान र अधिकारको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
नव प्रवेशीहरुले मधेसी र मुस्लिम समुदायका जनताको अधिकारको प्रत्याभूती माओवादीले दिने भएकोले आफूहरु अन्य दल परित्याग गरेको बताउनुभयो । आफूहरुले पर्सा जिल्लालाई माओवादीमय बनाउने उहाँहरुको अठोट थियो ।
नवप्रवेशी गदीले जालिम मियाँ एमालेमा गएपनि आफूहरुले माओवादीलाई उक्त स्थानमा जिताएर पठाउने विश्वास दिलाउनुभयो ।
यसरी प्रवेश गर्नेहरुमा जगरनाथपुर गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बिस्मिल्लाह खातुन, राजकिशोर साह, सगिर मिया गदी, कासिम मिया गदी, मुखलाल राउत गदी, प्रभुराम, अनारुल राउत गदी, सहिम मिया, आशामन नेशा, अन्सारी नेपाली, काँग्रेसका हिरामन गदी र झलमी शेख रहनुभएको छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij