logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
राजीनामाको विषय संशोधन गर्न निर्वाचन आयोगलाई पत्र !

राजीनामाको विषय संशोधन गर्न निर्वाचन आयोगलाई पत्र !


224
SHARES

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले हाल जनप्रतिनिधिको रुपमा काम गरिरहेका हरुले निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको बताएका छन् ।

शनिवार पूर्वी पहाडी जिल्लाहरुको विभिन्न कार्यक्रममा निस्किएका गृहमन्त्री खाँणले तेह्रथुमको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा हाल काम गरिरहेका जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको

निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताए । सरकारले निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्र नै लेखेर निर्णय पुनर्विचार गर्न आग्रह गरेको उनले बताए ।

गृहमन्त्री खाँणले शनिवार तेह्रथुमको म्याङलुङमा जिल्ला प्रशासन कार्यालयको नवनिर्मित उद्घाटन गरे ।

साथै गृहमन्त्री खाँणले आज नै धनकुटा सदरमुकाम धनकुटामा स्थानीय कार्यकर्ताले आयोजना गरेको कांग्रेसको घरदैलो कार्यक्रममा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij