logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कांग्रेस सधै थोत्रा र पत्रुसँग एकता गर्छः ओली

कांग्रेस सधै थोत्रा र पत्रुसँग एकता गर्छः ओली


323
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस जहिले पनि थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्ने भन्दै आरोप लगाएका छन् ।

कांग्रेसको यस्तो पुरानै शैली भएको भन्दै उनले कांग्रेसको गठबन्धनप्रति कटाक्ष गरेका थिए । उनले वर्तमान गठबन्धनलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

कांग्रेसले जहिले पनि राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ । शत्रुसँग घाँटी जोड्ने । बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्छ ।

थोत्रा र पत्रु तत्वसँग कांग्रेसले एकता गर्छ । उहिले होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो । अध्यक्ष ओलीले भने ।

कांग्रेसलाई राम्रा शक्तिसँग मिल्न जटिल हुने भन्दै ओलीले आफूहरूसँग नमिलेर भागेको आरोप लगाएका थिए ।

बरु आफूहरूले २०४६ सालमा कांग्रेससँग सहकार्य गरेको तर केही समयपछि कांग्रेस फेरि उम्किएर भागेको भन्दै व्यंग्य गरेका थिए ।

यस्तै ओलीले जयतु संस्कृतम आन्दोलनको सन्दर्भ जोड्दै २००७ सालअघि नै विद्यार्थी आन्दोलन दबाउन भारतीय सेनालाई नेपालमा भित्र्याएर विद्यार्थीहरूको टाउको काटेको आरोप लगाएका थिए ।

भीमदत्त पन्त लगायत सहिदहरूलाई कांग्रेसले भारतीय सेनालाई नेपालमा ल्याएर दमन गरेको र टाउको काटेको उनको आरोप थियो ।

अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शुक्रबार यस्तो बताएका हुन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij