दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी छन् ।
शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् ।
‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो ।
त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो । शाक्यको भनाइ छ ।
आफुले पार्टी फुटाउने काममा हस्ताक्षर गर्न नसक्ने जवाफ दिएको भन्दै उनले जनताका दुःखले हुर्काएको पार्टी फुटाएर गुटको नेता बनेको भन्दै त्यस्तो दुस्साहस कसैले गर्न नहुने बताइन् । यो बहुत दुःख लाग्दो कुरा, अपराध हो । शाक्यको भनाइ छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij