logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
टोपबहादुर रायमाझीको ‘ह्याट्रिक’ पछि हार !

टोपबहादुर रायमाझीको ‘ह्याट्रिक’ पछि हार !


753
SHARES

काठमाडौं । २०६२ र ०६३ सालपछि सम्पन्न ३ वटा निर्वाचन लगातार टोपबहादुर रायमाझीले जितेर ‘ह्याट्रिक’ गर्दै अर्घाखाँचीमा एकछत्र हैकम जमाउदै आएका थिए।

नेकपा माओवादी छोडेर नेकपा एमालेमा गएपछि भने उनीविरुद्ध अर्घाखाँचीमा गठबन्धन एकजुट हुने सैद्धान्तिक सहमति गरेका छन् । जिल्लामा अन्य सबै दल अर्कोतिर र एमाले एकातिर हुने अवस्था भएएको छ ।

गठबन्धन गर्नेबारे सत्तारुढ दलले केन्द्रमा अझै टुंगो लगाउन नसके पनि अर्घाखाँचीबाट गठबन्धनले शुरूआत गर्‍यो ।

माओवादीबाट एमालेमा प्रवेश गरेका रायमाझी पुरानै ‘लिगेसी’ले अर्घाखाँचीमा एमालेको प्रभाव बनाउन चाहन्छन् तर उनको प्रभाव भत्काउन सत्तारुढ गठबन्धनले जिल्लाका सबै पालिकामा मिलेर एमालेरहित बनाउन चुनावी सहकार्य गर्ने निर्णय गरिसकेको छ ।

रायमाझीलाई ‘ब्रेक’ गर्ने गरी जिल्लामा तीनै तहका निर्वाचन (संघीय, प्रदेश र स्थानीय) नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मोर्चाबन्दी गर्ने गरी अगाडि बढेपछि अर्घाखाँचीको

निर्वाचन सबैको चासोको केन्द्र बनेको छ तर जिल्लामा ६० प्रतिशत माओवादीहरू टोपबहादुरसँगै एमालेमा आइसकेको बताउँदै एमालेले चुनावसम्म ९० प्रतिशत ल्याइसक्ने गरी पार्टी प्रवेशलाई तीब्रता दिएको छ । आफ्नो ‘आधार

ईलाका’का प्रभावशाली नेता र कार्यकर्ता एमालेमा लागेपछि माओवादी अर्घाखाँची रन्थनिएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij