logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
किशोर गुरुङको गोरक्ष संरक्षण अभियान राप्रपामा प्रवेश

किशोर गुरुङको गोरक्ष संरक्षण अभियान राप्रपामा प्रवेश


398
SHARES

काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी देशव्यापी संगठनको सञ्जाल विस्तारमा आक्रामकरूपमा जुटेको छ ।

यसै क्रममा समान विचार भएका व्यक्ति, समूह र संगठन समाहित भइरहेका छन् ।

यसैक्रममा किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियान संस्थागत रूपमै राप्रपामा समाहित भएको छ ।

यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान, नेपालका लागि नेपाली अभियानको अधिकांश हिस्सा, मिसन नेपाल लगायतका संगठन राप्रपामा समाहित भइसकेका छन् ।

सहकार्य र एकताका लागि अन्य समूहसँग पनि औपचारिक अनौपचारिक संवाद चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यसैगरी राप्रपाले नेतृत्व लगायत पार्टीको सम्पूर्ण सुरक्षा हेर्ने गरी गठन गरेको राष्ट्रिय युवा मोर्चाको नेतृत्वमा हेरफेर गरेको छ ।

मोर्चाको अध्यक्षमा काठमाडौंका सुरज पाण्डे ‘कालो बाहुन’ लाई चयन चयन गरिएको छ । अध्यक्ष लिङ्देनले मोर्चालाई आवश्यक कार्ययोजना बनाइ पेस गर्न निर्देशन दिएका छन् ।

यसअघिका अध्यक्ष रहेका केदार धमला काठमाडौं महानगर समितिको अध्यक्ष भएकाले मोर्चामा नेतृत्व फेरिएको हो ।

राप्रपाले चैत २५ गते काठमाडौंमा स्थानीय तहको निर्वाचन केन्द्रित आमसभा गर्दैछ । यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij