logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
बिदेशी दलालको मार्क्सवाद र लेनिनवाद होइन नेपालवाद चाहिएको छः ज्ञानेन्द्र शाही

बिदेशी दलालको मार्क्सवाद र लेनिनवाद होइन नेपालवाद चाहिएको छः ज्ञानेन्द्र शाही


843
SHARES

काठमाडौं । राप्रपाका प्रबक्ताले आज नेपाल एकिकरणको सुरुवात भएको स्थान गोरखाको भूमिबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएका छन् ।

पार्टीको कार्यक्रममा अध्यक्ष लिङदेनसहित अन्य पदाधिकारी गोरखा पुगेका शाहीले सार्बजानिक रुपमै पृथिवीनारायण शाहलाई सम्झिएर श्रद्दा ब्यक्त गरेका छन् ।

उनले भने– ‘यो मुलुकको निर्माण कसैले गरेको हो भने त्यो एक मात्र व्यक्ति पृथ्वीनारायण शाह हो । जसका कारणले आज हामी शानसंग नेपाली हुँ भनेर हिंड्न पाएका छौं यदि पृथ्वीनारायण शाहले यो मुलुकको एकीकरण नगर्दिनुभएको भए हामी भारत र चीनका गुलाम भैसक्ने थियौं ।

हामीलाई दुनियाँमा फेल भैसकेको कुनै बिदेशी दलालको मार्क्सवाद र लेनिनवाद चाहिएको होइन, हामीलाई त पृथ्वीनारायण शाहको पथमा अधिन रहने नेपाल सुहाउने ब्यबस्था नेपालवाद चाहिएको हो ।

अब कुनै बिदेशी इसारामा चल्ने बिदेशीवाद भन्दा हामीलाई नेपालवाद चाहिएको शाहीले बताए । यदि यो मुलुक जोगाउने हो भने हामी पृथ्वीनारायण शाहको पथमा लागौं, कार्यक्रममा बोल्दै शाहीले भनेका छन्– पृथ्वीनारायण नारायण शाहको दिब्य उपदेश नै यो मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त हो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij