दैनिक न्युज नेपाल
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी वागमती प्रदेश अध्यक्ष निलकण्ठ महर्जन सहित विभिन्न संस्थामा आबद्ध रहेका ३२ जना र राष्ट्रिय शिवसेनाका अध्यक्ष विक्रम बहादुर वम राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका छन् ।
उनीहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गरेका हुन् । सबै मिलेर सनातन हिन्दुराष्ट्र, सुशान र उदार अर्थतन्त्रको धरातल समृद्ध नेपाल बनाउनु पर्ने थापाले बताएका छन् ।
स्थानिय निर्वाचन नजिकिएसंगै पछिल्लो समय नेता–कार्यकर्ताहरुले पार्टी परिवर्तन गर्ने क्रम र बिभिन्न राजनीतिक दलले पार्टी प्रवेश गराउने कार्यक्रम र चुनावी प्रचार अभियानलाई ब्यापक रुपमा अघि बढाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनसंग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह ‘निर्मल निवास’को हस्तक्षेप भएको भन्दै छानबिनाको माग राखेका थिए । तर त्यसलाई राजेन्द्र लिङदेनले वेवस्था गरेपछि राप्रपा परित्याग गरेर राप्रपा नेपालमा प्रवेश गर्दै अध्यक्ष बनेका छन् ।














© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij