logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
अबको संसदीय चुनावबाट राष्ट्रिय पार्टी बन्छौंः कमल थापा

अबको संसदीय चुनावबाट राष्ट्रिय पार्टी बन्छौंः कमल थापा


304
SHARES

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर २०७९ मा हुने प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन् ।

पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको मुख्य लक्ष्य राष्ट्रिय पार्टी बन्ने भएको बताए ।

‘हाम्रो मुख्य लक्ष्य भनेको ०७९ मंसिरमा हुने संसदीय चुनावबाट हामी राप्रपा नेपाललाई राष्ट्रिय पार्टी नबनाउछौं’ उनले भने ।

त्यसपछि पनि आफूहरुको गति तीव्र हुने भन्दै थापाले केही वर्षमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरुसरहको पार्टी बन्ने दावी गरे । आफूलाई सामाजिक सञ्जालमा गाली गरेको भन्दै थापाले त्यसले केही फरक नपर्ने बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij