logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
जसपा परित्याग गरि प्रदेश सदस्य बिष्टसहित ७ जना माओवादीमा प्रवेश

जसपा परित्याग गरि प्रदेश सदस्य बिष्टसहित ७ जना माओवादीमा प्रवेश


1.6K
SHARES

काठमाडौं । जनता समाजवादी पाटी कर्णाली प्रदेशका सदस्य डम्बर बिस्ट नेकपा माओवादी केन्दमा समाहित हुनुभएको छ।

योङ कम्युनिस्ट लीग नेपाल मुसिकोट नगरपालिकाको प्रथम भेला मार्फत उहाँ माओवादी केन्दमा समाहित हुनुभएको छ।

उहाँलाई माओवादी केन्दका केन्द्रिय सदस्य तथा रुकुम पश्चिमका इन्चार्ज बसन्तकुमार शर्माले पार्टि प्रवेश गराउनु भएको हो ।

बुझाईमा फरक परेका कारण घर छाडेर टाढिएको आफू पुनः पुरानै घरमा फर्किएको बिष्टले बताउनुभयो ।

केही असम्झदारी भएपछि परिवारका सदस्यहरु अलग भएपनी फेरि घर फर्कदा चौडा छाती गरेर अभिभावकले स्वागत गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस नगर कार्य समिती रामकृष्ण ढकाल, काङ्ग्रेसमा क्रियासिल युवाहरु कर्णबहादुर खड्का, महेन्द्र बिष्ट, केवलसिङ बिष्ट, भिमा ओली, बिजय बिष्ट र लोकबहादुर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।

योङ कम्युनिस्ट लीग नेपालको मुसिकोट नगरपालिकाको प्रथम भेला मुसिकोटको सहिद प्रतिष्ठान सभा हल मा जारी छ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij