दैनिक न्युज नेपाल
काठमाडौं । स्थानीय चुनाव नजिकै गर्दा राजनीतिलाई नजिकबाट नियालिरहेको नयाँ पुस्ताका युवाहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढीरहेको छ। यसैक्रममा राइट टु रिजेक्ट रिकल हुनु पर्न माग राख्दै आईरहेको उन्नत लोकतान्त्रिक पार्टीका युवा नेता भरत थापाले तनहुँको भानु नगरपालिकाको मेयरमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
भ्रष्टाचार विरुद्ध अभियान गर्दै आईरहेको थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवारीको घोषण गरेका हुन्।
पर्यटन र होटल क्षेत्रसंग आवद्ध रहेको थापाले पर्यटन र होटल व्यावसायलाई अझै सुदृढ गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
उहाँले पैसा खर्च गरेर चुनाव नलड्ने , नगरको सेवामा मुख्य ध्येय रहने , सरकारी गाडीको प्रयोग नगर्ने र महलमा नबस्ने, रोजगारी सिर्जना गर्ने, शिक्षित बेरोजगारीलाई सकेसम्म सहयोग गर्ने, किसान बिना समृद्धि संभव छैन।
किसानको आर्थिक स्तर उठाउन प्रयत्न मात्रै गर्दिन उठाएरै छोड्ने, विनाशबाट बिकासलाई प्राथमिकतामा राख्दिन, बिकासको अर्थ हो स्वास्थ्य शिक्षा रोजगारीमा प्रगति भन्ने ध्येयले अगाडी बड्ने प्रतिबद्धता जाहेर गरेको छ।
तनहुँ भानुनगरपालिका–१३का स्थानीय बासिन्दा थापा बुबा हरी बहादुर थापा र आमा सीता थापाको जेठो पुत्रको रुपमाबि स २०४८/११/२३ दिन जन्मिएको हो। कलिलो उमेरमा नै राजनीति सुधार्न युवा पुस्ता राजनीतिमा आउनुपर्छ भन्ने मान्यता राखेर नै आफुले उम्मेदवारीको दावी प्रस्तुत गरेको जानकारी दिनुभयो।
सुशासन कायम राख्ने आफ्नो मुख्य मान्यता रहेको र पुरानाहरुलाई धेरै पटक मौका दिइसकेको जनताले आफुलाई साथ समर्थन दिने आशावादी रहेको थापाले बताउनुभयो।
पछिल्लो समय आम जनतामा पुराना नेता र तिनको पार्टीको भ्रमबाट मुक्त हुन बिकल्पमा देखिएको युवाहरुलाई नेतृत्व दिन भानुवासी तयार होला त रु आम चासोको बिषय बनेको छ।
उन्नत लोकतन्त्र पार्टी ‘खुल्ला किताब’ मा भोट किन ?
१) सबै जनतालाई स्वास्थ्य उपचार निशुल्क गर्न।
२) सबै जनतालाई उच्चशिक्षा सम्म निशुल्क गर्न।
३) भ्रष्टाचारको अन्त्य गर्न।
४) ५ वर्षमा कृर्षी उत्पादनमा आत्मनिर्भर बनाउने।
५) राइट टु रिजेक्ट (गलत उमेरद्वारलाई जनताले बहिस्कार गर्न पाउने अधिकार) लागु गर्ने ।
६) राइट टु रिकल (जितेर पदमा पुगेर जनता र राष्ट्र विरूद्व काम गर्ने, घोषणा वा चुनावमा कबोल गरेको बाचा अनुसार काम नगर्ने जनप्रतिनीधिलाई फिर्ता बोलाउने) लागु गर्ने ।
७) सांसदहरू मन्त्रि र प्रधानमन्त्री बन्न नपाउने।
८) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था लागु गर्न।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij