दैनिक न्युज नेपाल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् ।
बागलुङ काठमाडौँ सम्पर्क समन्वय समिति काठमाडौँ आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अरूभन्दा धेरै लचिलो छौँ ।
हामी आफ्नै बुताले चुनाव लडेर जित्छौँ । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।’
माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए ।
विचार, राजनीति, र दृष्टिकोण फरक भएपनि जिल्लाको विकासका लागि नेताहरू एकमत रहेको बताए ।
यस्तै माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्याउने शक्ति माओवादी भएको बताए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij