logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
अहिलेपनि हामी एक्लै चुनाव लडेर ४५ प्रतिशतभन्दा बढि जित्छौंः विष्णु रिमाल

अहिलेपनि हामी एक्लै चुनाव लडेर ४५ प्रतिशतभन्दा बढि जित्छौंः विष्णु रिमाल


276
SHARES

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टीले एक्लै निर्वाचन लड्ने बताएका छन् ।

उनले एमालेरहित बनाउनेहरुलाई एक्लै चुनाव लड्न चेतावनी दिएका छन् । उनले विप्लव र सिके राउतहरुले चुनाव लड्ने कुरा गर्नु खुशीको कुरा भएको प्रतिक्रिया दिए ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ०७४ सालमा पनि एमालेले स्थानीय तहको निर्वाचन लडेको स्मरण गराए । उनले एमालेले एक्लै तीन तहको निर्वाचन लड्ने र बहुमत ल्याउने दाबी गरे ।

उनले अहिले प्रचण्ड र माधव नेपालले राजनीतिमा च्याँखे थाप्ने काम गरेको आरोप लगाए ।

उनले एमालेले अब चुनावी घोषणापत्रमा आफूहरु सरकारमा हुँदा गरेका कामको फेहरिस्त सार्वजनिक गर्ने पनि बताए । उनले अबको स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै चुनाव लडेर ४५ प्रतिशतभन्दा बढि जित्ने दाबी गरे ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij