logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
नेताहरुले राजनीतिलाई पेशा बनाएका कारण विश्वास घट्दै गयोः राजेन्द्र लिङ्देन

नेताहरुले राजनीतिलाई पेशा बनाएका कारण विश्वास घट्दै गयोः राजेन्द्र लिङ्देन


765
SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केहि दलका नेताले राजनीतिलाई पेशा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु नराम्ररी परााजित हुने पनि बताए ।

उनले अब राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु कांग्रेस, एमाले र माओवादीको कित्तामा हुने र देश यथास्थीतिमा राख्नुहुँदैन भन्नेहरु आफ्नो पक्षमा रहने

धारणा राखे । त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली बिदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे ।

विजुलीको अधिकतम प्रयोग गर्न सक्ने मुलुक बिकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनको भनाई छ । उनले मुलुकको हितमा काम गर्न सक्ने राप्रपा

बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने बताए ।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij