logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
माधव नेपालले भने- केन्द्रिय सदस्यहरु स्थानीय तह निर्वाचनको तयारीमा लाग्नुस्

माधव नेपालले भने- केन्द्रिय सदस्यहरु स्थानीय तह निर्वाचनको तयारीमा लाग्नुस्


365
SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केन्द्री कमिटीका सदस्यलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

बुधबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले केन्द्रीय कमिटीका सदस्यलाई स्थानीय तहको निर्वाचनमा उत्साहका साथ लाग्न निर्देशन दिएका हुन् ।

बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी पक्ति एकतावद्ध भएर पार्टीलाई अगाडि बढाउनु पर्ने बताए ।

एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ।

उनको प्रतिवेदनमाथि नौ समूह छलफल भएको छ । समूहको निष्कर्ष बिहीबार आउने र अध्यक्षले जवाफ दिएपछि प्रतिवेदन पारित हुने महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

यस्तै बैठकमा​ सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा संगठन सञ्चालन निर्देशिकामाथि पनि छलफल भएको भुसालले जानकारी दिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij