दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धनलाई दुषितको संज्ञा दिएका छन्।
प्रेस चौतारी नेपालको संयुक्त प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार छ। यो गठबन्धन दुषित गठबन्धन हो।
जतिबेला गठबन्धन बन्यो त्यतिबेला दल विभाजन नै भइसकेको थिएन।’ उनले गठबन्धनका नेताहरु नै जनतामा जान डराएको बताए।
नेम्वाङले भने, ‘भरसक जनतामा जाने मिति पर सार्छन्। तपाई हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं। तर, अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ। यो सरकार डिफंग अवस्थामा छ।’
केही नेताहरु स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेको उनले आरोप लगाए। उनले भने, ‘केही साथीहरु जनतामा जान डराएका छन्। जनताले निर्णय दिन्छन्, दुधका दुध पानीका पानी।’
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij