दैनिक न्युज नेपाल
काठमााडौं । राजपुर गाउँपालिका–१ गुरुङ खोलामा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले राजपुर गाउँपालिका १ नम्बर वडा पार्टी कमिटीको आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्यागगरेर ७० जना एमालेमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले पार्टीले सधैं वर्गीय व्यक्तिको उत्थानको लागि काम गरेको बताए ।
त्यस्तै सो अवसरमा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य धुब्र आचार्य,जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी,जिल्ला सदस्य कुलराज गिरी, अब्जल अलि, राजपुर गाउँपार्टी कमिटीका अध्यक्ष हेमकुमार
जिसी, लमही नगर किमिटिका अध्यक्ष दण्डीराम चौधरी, नेकपा माओवादी परित्यागगरी एमालेमा प्रवेश गरेकि भिमकुमारी सुनार ९कोपीला० लगायतले सम्बोधन गरेका थिए । यमलाल वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लोकराज शर्माले गरेका थिए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij