logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
नेपालको राजनीतिक प्रणालीलाई दुई दलीयमा लैजाने बहस चलाऔंः शंकर पोखरेल

नेपालको राजनीतिक प्रणालीलाई दुई दलीयमा लैजाने बहस चलाऔंः शंकर पोखरेल


604
SHARES

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई दुई दलीय प्रणालीमा लैजाने गरी बहस अगाडि बढाउनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् ।

नेपालसँग धेरै अस्थिरता र राजनीतिक दलबीचको झैंझगडा खेप्ने सामथ्र्य नरहेको दलिल पेश गर्दै पोखरेलले अबको चुनावी तयारीमा देशलाई दुई दलीय प्रणालीमा लैजाने बहसलाई जागरणका रुपमा चलाउन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् ।

‘यो मुलुकमा एउटा वलियो शक्तिको खाँचो छ । बाह्य हस्तक्षेप होस् या जनताको विकास र समृद्धिको आकांक्षा । जेसुकै काम गर्न पनि वलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ ।

जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झैझगडा यो कुरालाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणालीलाई टु पार्टी सिस्टमतर्फ लैजान जरुरी छ’, एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको एघारौं

सम्मेलन उद्घाटन गर्दै पोखरेलले भने,‘वामपन्थी आन्दोलनको शक्तिका रुपमा एमाले र दक्षिणपन्थी बुर्जुवा पार्टीका रुपमा कांग्रेस रहेको छ । अरु पार्टीहरु तिनीहरुका सहयोगी हुन् ।’

देशलाई अस्थिरता र गरिबीबाट मुक्ति दिन पनि एमाले र कांग्रेसमा मुलुकलाई धुब्रिकृत गरेर चुनावी अभियान चलाउन कार्यकर्ताहरुलाई निर्देशन दिँदै पोखरेलले थपे, ‘अब अरु पार्टीहरुलाई स्वतन्त्र रुपमा रहने अवस्था दिनुहुन्न ।

त्यसअर्थमा नेपालको राजनीतिलाई दुई ध्रुबमा बाँड्ने कुरा र त्यसमध्ये पनि वलियो ध्रुबका रुपमा एमालेको निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ ।’

उनले अबको चुनावबाट एमालेलाई मियो पार्टीका रुपमा स्थापित गर्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए । ‘अहिले सौर्य मण्डलको कुरा गर्दा पृथ्बी सबैभन्दा ठूलो छ भन्छौं । एमालेको चुनाव चिन्ह पनि सूर्य छ, राजनीतिको

सौर्यमण्डल पनि एमालेलाई बनाउनुपर्छ, हाम्रो पार्टीको वरिपरी अरु पार्टीलाई घुम्ने बनाउनुपर्छ । एमालेको वरिपरी घुमाउने सामाथ्र्य चुनावी अभियानबाट पैदा गर्नुपर्छ ।’ पोखरेलले भने ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij