logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एमाले कसैले हराउन नसक्ने योद्धा होः ओली

एमाले कसैले हराउन नसक्ने योद्धा होः ओली


233
SHARES

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् ।

आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि दावी गरे ।

आफूहरुले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको पनि ओलीले टिप्पणी गरे ।

‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिदैन । एउटै शर्तमात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने । अथवा जमिनबाट माथि उठायो भने ।

तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ’ उनले भने, ‘अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधीशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई ।

अलिकति मौका मिल्यो भने । तर आखिर उचालेको उचाल्यैं कहाँ हुन्छ रु हामी जमिनमा छोई हाल्छौं, टेकी हाल्छौं ।’

अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए ।

कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेको विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij