logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
स्थानीय निर्वाचनका लागि अहिलेसम्म १० दल आयोगमा दर्ता

स्थानीय निर्वाचनका लागि अहिलेसम्म १० दल आयोगमा दर्ता


719
SHARES

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको थियो।आयोगमा दर्ता भएका जम्मा १०९ वटा दलमध्ये आइतबारसम्म १० वटा दल मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन्।

निर्वाचन प्रयोजनका लागि जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, मौलिक ज्वरो किलो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन्।

आयोगले २०७९ साल वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ताका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिम ढाँचामा ५ देखि १५ फागुनसम्म दल दर्ताको निवेदन दिन आह्वान गरे बमोजिम आयोगमा दर्ता भइसकेका दलहरुले निर्वाचन प्रयोजनका लागि दर्ता गरेका हुन्।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीले (लोसपा) ले मात्रै पहिलेदेखि नै प्रयोग गर्दै आएको चुनाव चिह्न पाउनेछन्।

ऐनअनुसार गत प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फबाट एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसकेका दल राष्ट्रिय दल बन्न सक्दैनन्।राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार राष्ट्रिय पार्टी ६ बाहेक अरू दलले आफूले प्रयोग गर्दै आएको चुनाव चिह्न रोज्न पाउने छैनन्। उनीहरू निर्वाचन आयोगले दिएको नयाँ चुनाव चिह्नबाट चुनावमा लड्नुपर्ने छ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij