logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एमसीसी टेबल गर्ने निर्णयमा माओवादीका ३ सांसदले जनाए लिखित असहमति

एमसीसी टेबल गर्ने निर्णयमा माओवादीका ३ सांसदले जनाए लिखित असहमति


712
SHARES

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा एमसीसी टेबल गर्न निर्णय गरेको छ ।

यो निर्णयमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित ३ जना सांसदले लिखित असहमति जनाएका छन् ।

प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति रहेको जानकारी दिएका हुन् ।

राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरुद्ध रहेको भन्दै उनीहरुले एमसीसी संसदमा टेबल गर्ने विषयमा आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij