दैनिक न्युज नेपाल
काठमाडौं । राप्रपाबाट कमल थापा बाहिरिएसँगै राप्रपाकी निर्वाचित महामन्त्री हुन् कुन्ती शाही पनि बाहिरिने भएकी छिन् । महाधिवेशनमा थापाको प्यानलबाट उठेकी उनी रेखा थापालाई पराजित गर्दै महिला कोटामा महामन्त्री निर्वाचित भएकी थिइन् ।
शाही राप्रपा छाडेर राप्रपा नेपालमा आउने लगभग टुंगो लागिसकेको छ । साथै उनले केही दिनपछि मात्रै घोषणा गर्ने स्रोतले जनाएको छ ।
थापाले भने तीन उपाध्यक्षहरु तामाङ, प्रधान र कार्कीसँग आशा राखेका छन् । थापाको समूहबाट राजीव पराजुली, उद्धव पौडेल, सुशील श्रेष्ठ, तेजकुमार कुरवान, जयकुमार खड्का इन्द्र चित्रकार लगायतका नेताहरु कार्यसमितिमा छन् ।हाल राप्रपाको केन्द्रीय समितिमा रहेका कोही पनि औपचारिक तवरले राप्रपा नेपालमा आइसकेका छैनन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरूले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको जानकारी गराएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीका राष्ट्रिय अध्यक्ष अध्यक्ष प्रदीपविक्रम राणाले अध्यक्ष राणाले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई बेचेको आरोप लगाए।
साथै, उनले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको बताए। ‘यस कदममा ९५ प्रतिशत केन्द्रीय पदाधिकारीको असहमति रहेको छ। निर्वाचन आयोगले कसरी यस्तो निर्णय गर्योरु यसको जवाफ निर्वाचन आयोग र लाक्पा तामाङले पनि दिनुपर्छ। न्यायालयले पनि हामीलाई न्याय दिनुपर्छ,’ उनले भने।
कमल थापा पटक–पटक बिक्री भएको मान्छे भएको आरोप लगाउँदै उनले भने, ‘कहिले म गणतन्त्रवादी भइसकें भन्ने, कहिले राजालाई मान्दिनँ भन्ने, अनि अहिले अर्काको घरलाई मेरो घर भन्नेरु, उहाँले एकपछि अर्को गरेर असंवैधानिक र गलत कदम चाल्नुभएको छ।’
शनिबार थापाले राष्ट्रिय सभामार्फत् पार्टीको घोषणा सभा गर्दैछन्। राणाले हिम्मत भए नयाँ पार्टी बनाउन थापालाई सुझाव दिए। उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरूको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे।
साथै, उनले लाक्पा तामाङको कदम आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिए। उनले भने, ‘६०९४० को समीकरण बनाएर कमल थापासहितको ठूलो टिम हाम्रो पार्टीमा प्रवेश हुँदैछ तर, हाम्रो पार्टीको सिद्धान्त कतै जाने छैन भनेर हामीलाई झुटो कुरा बोलियो।’
युवाहरूले अगाडि बढाइरहेको पार्टीलाई अबका दिनमा पनि युवाहरूले नै अगाडि बढाउनुपर्ने उनले बताए। थापा अध्यक्ष भएको कुरा अवैधानिक रहेको भन्दै उनले अध्यक्ष तामाङले पार्टीका पदाधिकारीहरूलाई अवमूल्यन गरेको आरोप लगाए।
पार्टीका केन्द्रीय प्रवक्ता राजेश्वरदास श्रेष्ठले वस्त्र जस्तोसुकै भए पनि चरित्र कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै कमल थापालाई अध्यक्ष स्वीकार गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे।
‘हामीले गर्वका साथ राजसंस्था र हिन्दुराष्ट्र भनेर हिँडिरहेका थियौं र आज पनि यही एजेण्डामा अडिग छौं। तर, एकाएक हामीलाई गणतन्त्रवादी बनाइयो,’ उनले भने, ‘यो कुरा हामीलाई कदापि मान्य छैन।’
सिंगो पार्टी र पदाधिकारीलाई कुनै जानकारी नदिएर गोप्य रूपमा पार्टीको साँचो अरू कसैलाई बुझाइएको भन्दै उनले दुःख व्यक्त गरे।
केन्द्रीय उपाध्यक्ष राम गोपालीले परिवर्तनका संवाहक युवाहरूले चलाइरहेको पार्टीलाई रातारात गणतन्त्रवादी बनाइएको भन्दै आफूहरू कमल थापाको बुट समातेर लाक्पा तामाङसँग सति जान नसक्ने बताए।
यस्तै, उनले ६०(४० को झुठो आश्वासन दिएर उपस्थित नभएकाहरूको हस्ताक्षर किर्ते गरेर निर्वाचन आयोगमा गई थापालाई पार्टी सुम्पिएको आरोप लगाए। ‘कसैले विचार बेचेर झोला भर्यो होला। तर, राप्रपा नेपाल कहीँ पनि समाहित भएको छैन,’ उनले भने।
त्यस्तै, महामन्त्री राजु नापितले सनातन हिन्दुधर्म र राजसंस्थाको एजेण्डा बोकेको राप्रपा नेपाललाई कति पैसामा बेच्नुभयोरु भन्दै तामाङमाथि प्रश्न गरेका थिए।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij