logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
बालकोटमा केपी ओली र मीनेन्द्र रिजालबीच भेटर्वार्ता

बालकोटमा केपी ओली र मीनेन्द्र रिजालबीच भेटर्वार्ता


413
SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमसीसी संसदबाट पारित गर्न गठबन्धनबीच सहमति हुन नसकिरहेको बेला कांग्रेस नेता रिजाल ओलीसँग भेट्न बालकोट पुगेका हुन् ।

ओलीका सहयोगी रामशरण बजगाइँले भेटघाट भएको पुष्टि गरे । उनले भने, ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो,’

सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उत्रिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने मनस्थितिमा पुगेका छन् ।

यद्यपि त्यसअगाडि अहिले बालुवाटारमा अन्तिम तथा निर्णायक मानिएको सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij