logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
बैठकमा एमाले सांसदहरूले भने- चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिंदैन

बैठकमा एमाले सांसदहरूले भने- चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिंदैन


586
SHARES

काठमाडौं । नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् ।

जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ ।

सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका छन् । यद्यपि के गर्ने भनेर बताएका छनन् ।

अहिले सांसदहरुले धारणा राखिरहेका छन् । अहिलेसम्म १० जना सांसदले बोलेका र अधिकांशले जबरा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बोकेर चुनाव जान नसक्ने बताएका छन् ।

आवेश र उत्तेजनामा निर्णय लिन्नौंः केपी ओली

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij