logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा एमालेले जित्छः जयकुमार राई

सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा एमालेले जित्छः जयकुमार राई


1.2K
SHARES

काठमाडौं । सुनसरीका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी हुने प्रदेश सदस्य जयकुमार राइले बताएका छन ।

सुनसरी १ का प्रतिनिधिसभा सदस्य समेत रहेका राइले एमालेमा जनलहर देखिएकाले एमाले स्थानीयतह देखिनै पहिलो पार्टी हुने बताए ।

नवप्रवेशी कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमाले मात्र अबको सच्चा कम्युनिस्ट पार्टी भएको बताए ।

एमालेले मात्र भाषा, धर्म र जातजातिको रक्षा गर्ने भएकाले जनताको साथ रहेको स्पष्ट पारे ।

संविधान निर्माण देखि बिकासको गोरेटो कोर्ने काममा एमालेले नेतृत्व गरेको राइको दाबी छ ।

आफ्नो गाउँ आफै बनऔं देखि वृद्ध भत्ताको बारेमा एमालेले गरेको निर्णय अहिलेसम्म लोकप्रिय रहेको उनको भनाइ छ ।

गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्ने कार्यक्रम एमालेले ल्याएको कारण एमाले ठुलो दल भएको बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij